बुनपा वडा १० मा महिला उद्यमशीलता विकासको लागि वडा अध्यक्षको भूमिका बिषयक कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०८२, मंगलवार ०७:४२

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को आयोजनामा  महिला उद्यमशीलता विकासको लागि वडा अध्यक्षको भूमिका बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न गरेको  छ।

“महिला उद्यमशीलता विकासको लागि वडा अध्यक्षको भूमिका बिषयक सवाल जवाफ” भन्ने उदेश्यकाका साथ बैशाख  ८ गते सोमबार वडा नं. १०  को सभाहलमा १०२  जना महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य प्रतिक्षा तिवारीको आतिथ्यमा वडा अध्यक्ष नवराज भट्टराईको  अध्यक्षतामा  वडा सदस्य रिता दाहालको संयोजनमा  भएको कार्यक्रममा वडा सदस्य दिल कुमारी बिक र चन्द्रमान श्रेष्ठको उपस्थितिमा वडा सदस्य दिल कुमारी बिकले स्वागत मन्तब्य राख्नुभएको थियो।

कार्यक्रममा वडा अध्यक्ष नवराज भट्टराईलाइ  २५ भन्दा बढी प्रश्न गरेका थिए। बुढानीलकण्ठ नगरपालिका वडा नं. १०  ले आज सम्म किन महिलाहरुको उत्पादित सामग्री स्थानीय सरकारले जिम्मा लिएर साथ् दिन नसकेको ? के कस्ता उद्यम गर्दा वडाले सहयोग गर्छ ? वडाले प्रदान गर्ने सेवा लगाएत बिषयमा महिलाहरुले प्रश्न गरेका थिए ।

महिलाहरुले राखेका प्रश्नको जवाफ वडा अध्यक्ष सहित वडा जनप्रतिनिधिले समेतमहिलाहरुको सवालमा रहेर सम्पूर्ण प्रश्नको उतर वडा अध्यक्ष नवराज भट्टराईले दिनुभएको थियो । भट्टराईले  भने छोटो अवधी अर्थात एक हप्ता देखि १५ दिन सम्मको तालिममा सहभागी भएर तरकारी खेती, माहुरी पालन, कुखुरा तथा बाख्रा पालन, धुप बनाउने दालमोठ भुजिया बनाउने आदि गर्न सकिन्छ भने  मध्यम अवधीको अर्थात १६ दिन देखि ४५ दिन सम्मको, जस्तोः बाँसको मुढा बनाउने, बाँसको हस्तकला, डल कुशन, होजियारी, बुटिक आदि बनाउन सकिने र   लामो अवधीको अर्थात तीन महिना सम्मको तालिमबाट  सिलाई कटाई, व्यूटिपार्लर, मोवाईल रिपेयर, हाउस वायरिङ्ग, साईकल–मोटर साइकल मर्मत आदि गरेर उद्यम गर्न सकिने केहि उदाहरण समेत प्रस्तुत गर्नुभएको थियो ।
महिला उद्यमशीलता विकासको लागि आमाको भान्छा अगाडी बढिसकेको र अब केहि दिनमा  कार्ययोजना बनाई लागू गरिने भट्टराईले बताउनु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य प्रतिक्षा तिवारीले कार्यक्रममा महिला उद्यमशीलता विकासमा वडा अध्यक्षको भूमिका बिषयक एक दिवसीय कार्यक्रमको  जिज्ञासांको जवाफ दिदै पहिला र अहिलेको सेवासुविधामा आकास पाताल फरक रहेको बताउदै अहिलेको महिलाहरुले सम्पूर्ण सेवा सुबिधा पाएको र तेसलाई सहि सदुपयोग गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । स्थानीय सरकारले महिलामैत्री बजेट बनाएर उत्पादित सामग्री समेत स्थानीय सरकारले खपत गर्ने गरि योजना बनाउदा कोहि पनि बेरोजगार बस्न नपर्ने बताउनुभएको थियो।

महिला उद्यमशीलता विकासको लागि वडा अध्यक्षको भूमिका बिषयक कार्यक्रम ४  घण्टासम्म संचालन भएको थियो भने सहजीकरण बोष्टर मिडियाले गरेको थियो ।

 

प्रतिक्रिया