काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट सोमबार राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित सरकारी मन्त्री निवास छोडेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएपछि उनी सिधैं चाबहिलस्थित आफ्नो निजी निवासतर्फ गएको स्रोतले जनाएको छ। स्रोतका अनुसार, उनी बालुवाटारमा सहयोगीको गाडीमा आएकी थिइन्।
भट्टराईले सरकारी गाडी भने मन्त्री क्वार्टरमै छोडेर गएकी छन्। उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी थिइन्। गत असार ३१ गते प्रधानमन्त्री ओलीले उनलाई मन्त्री नियुक्त गरेका थिए र उनले आठ महिनामै पदबाट राजीनामा दिएकी हुन्।
प्रतिक्रिया