बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले महिला उद्यमशीलता विकासको लागि वडा अध्यक्षको भूमिका बिषयक एक दिवसीय कार्यक्रम गर्ने भएको छ।
महिला उद्यमशीलता विकासको सवालमा वडा अध्यक्ष संग सवाल जवाफ” भन्ने उदेश्यकाका साथ बैशाख ८ गते सोमबार वडा नं. १० भित्र रहेका महिला समुह, ब्यबसाय गरेर अगाडी बढिरहनुभएका महिला ब्यबसायीहरुको सहभागितामा कार्यक्रम गर्न लागिएको वडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा भित्र रहेका बिभिन्न महिलाहरुले गर्ने ब्यबसायलाइ ससक्त बनाएर लैजान तथा कार्ययोजना सहित भए गरेका कार्यक्रमका विषयमा जानकारी गराउने र सहभागी महिलाहरुले अबको बजेट महिलामैत्री बनाउन के कस्ता ब्यबसायलाइ वडाले प्राथमिकतामा राख्ने बिषयमा प्रश्न उतर रहने वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।
महिला उद्यमशीलता विकासको सन्दर्भमा भएका प्रश्नको जवाफ वडा अध्यक्ष सहित वडा जनप्रतिनिधिले समेत महिला उद्यमशीलता विकासको सवालमा रहेर सवाल जवाफ रहने कार्यक्रममा सम्पूर्ण वडाबासि दिदीबहिनीहरुको लागि सूचना प्रकासन गरेर जानकारी गराइएको कार्यक्रम संयोजक वडा सदस्य दिल कुमारी बि.क ले जानकारी दिनुभयो ।
सूचना

प्रतिक्रिया