काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को प्रशासनिक भवन बैशाख ५ गते शुक्रवारका दिन उदघाटन हुने भएको छ।
वडा नं ६ मा संचालन हुने प्रसासनिक र अन्य कामहरुलाई प्रभावकारी र जनमुखीरुपमा संचालन गर्नका लागि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले दिउसो १ बजे सो भवनको उदघाटन गर्ने वडा अध्यक्ष रवी खड्काले जानकारी दिएका छन।
वडा नं ६ को लुड़े खोला कोरिडोरमा करिव १५ आना क्षेत्रफलमा निर्माण भएको सुविधा सम्पन्न भवनको नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले शिलान्यास गरेका थिए ।
५ करोड ६५ लाखको लागतमा भवन निर्माण गर्न लागिएको सो भवन भूमिगत पार्किङ सहित ५ तल्लाको रहेको छ ।
प्रतिक्रिया