पेट्रोलियम पदार्थको मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८२, बुधबार ०६:३९

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ३.१५ र डिजेलमा २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

लिटर पेट्रोलमा ३ र डिजेलरमट्टितेलमा ३ रुपैयाँले घटाइएको छ। जसअनुसार अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ तय भएको छ।

प्रतिक्रिया