मनमोहन अस्पताल सामाजिक सेवामा सदा अग्रसर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०८१, बिहीबार १३:४०

काठमाडौं ।  स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पतालले बार्षिक दर्जनौ ठाउमा नि-शुल्क स्वास्थ्य शिविर र अन्य सामाजिक सेवाहरु संचालन गरेर आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गतका सेवाहरुलाई निरन्तरता दिईरहेको छ । देशका विभिन्न भागमा नि:शुल्क स्वास्थ्य शिविर साथै समाजसेवा गरेर चर्चामा आउनु भएका समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदको नेतृत्वमा आगामी शनिबार ३० गते एक दिने नेशनल मोडल स्कुल,बालाजुमा बृहत नि-शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा.निराजन सुबेदीले जानकारी दिनुभयो।
सो कार्यक्रमका लागि डा. मनोर दिन सैयद(स्त्री/प्रसुती), डा. दिबित अधिकारी (इ.एन.टि.), डा. रचिता घिमिरे (मेडिकल अधिकृत ),सुजिता गिरि (नर्सिंग), रश्मि पाण्डे (नर्सिंग) र रक्तदान तर्फ सबिन मगराती,बसन्त अर्याल,रेजिना रिजाल र एस नेपालि सहितको टोलीले सेवा दिने अस्पताल ब्यबस्थापन अधिकृत सन्जिब कंडेलद्वारा जानकारी प्राप्त भयो ।

प्रतिक्रिया