काठमाडौं । सानै उमेर देखि कलाकारीता क्षेत्रमा निक्कै जमिरहेकी मन्जली तामाङले दर्शक स्रोताको चाहनालाई पुरा गर्न “गरिबलाई कानुन” बोलको सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने खालको गीत बजारमा ल्याएकी छिन् ।
मन्जली तामाङ अफिसियल युट्युब को पहिलो प्रस्तुतिको रुपमा आएको यो गीतलाई अपलोड भएको तिन दिनमा करिब एकलाख दर्शक स्रोताले मन पराएका छन् ।
गीत सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार पारिएको भने गीतले दर्शक र श्रोताहरूको मन जित्ने विश्वास लिईएको छ ।
पत्रकार विवेक लोप्चन शब्द र संगीत,सुस्मिता स्याङतान र कोशिस थोकरको सशक्त गायन रहेको यो गीतको म्यूजिक भिडियोमा मन्जली तामाङ, निमा लामा, र निमा लामाले र्याप सेग्मेन्टमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । उनीहरूको दमदार र्याप डेलिभरीले गीतलाई झनै प्रभावशाली बनाएको छ ।
गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन्, जसले गीतलाई उत्कृष्ट ध्वनि संयोजन दिएका छने भने गीतको भिडियोलाई अमिर दोङ्गले निर्देशन तथा सम्पादन गरेका छन् ।
भिडियो छायाङ्कन त्रिलोक लामाले गरेका छन्। भने भिडियोले गीतको भावनालाई अझै गहिरो रूपमा दर्शाउने प्रयास गरेको छ । भिडियोमा हास्य कलाकार कुइसाङ्ग रुम्बा, मांगले तामाङ, मिलन तामाङ, राजु मगर, बि टु भाइ, दिपेश एस के, र अरुणको दमदार अभिनय देख्न सकिन्छ । उनीहरूको भूमिकाले भिडियोमा यथार्थपरक प्रभाव पार्न सफल भएको छ ।
सार्वजनिक भएसँगै गीतले युट्युबमा उच्च प्रतिक्रिया पाइरहेको छ । अपलोड गरेको तिन दिनमै एक लाख हाराहारी भ्यूज, लाइक्स, र सकारात्मक कमेन्टहरू बटुल्दै, गीतले चर्चा पाएको छ । श्रोताहरूले गीतको लय, शब्द, र भिडियोको उच्च गुणस्तरलाई खुलेर प्रशंसा गरिरहेका छन्। गीतमा उठाइएको सामाजिक विषयवस्तु गम्भीर भएको हुँदा, धेरै दर्शकहरूले यसलाई नेपाली कानुनी प्रणालीको यथार्थ प्रतिबिम्ब भनेका छन् ।
मन्जली तामाङले गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत आफ्ना दर्शक तथा श्रोताहरूलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छिन्,‘गीत केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा परिवर्तन ल्याउने एउटा अभियान पनि हो। हामी सबैको आवाज बुलन्द पार्नुपर्छ।,’
उनका सह—कलाकारहरूले पनि यो गीतले नेपाली हिप.हपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको बताएका छन्।
प्रतिक्रिया