बुढानिलकण्ठबाट क्रिप्टो करेन्सीको कारोबार गर्ने ११ जना भारतीय नागरिक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०८१, बिहीबार ०६:२४

काठमाडौं ।  काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलमा घर भाडामा लिई क्रिप्टो करेन्सीको कारोबार गर्ने ११ जना भारतीय नागरिक पक्राउ परेका छन्। अनिता गैरेको घरमा ६ महिनाअघि घर भाडामा लिई बेका भारतीय नागरिकहरू अनलाइन जुवा खेल्ने, खेलाउने तथा क्रिप्टो कारोबारमा संलग्न रहेको सूचना प्रहरीले पाएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार उनीहरूसँग बरामद भएको कागजात विवरण हेर्दा विगत ६ महिनामा उनीहरूले २ अर्ब ९६ लाख बढी रकमको अवैध कारोबार गरेका छन्।

उनीहरू ११ जना नै भारतको राजस्थान प्रदेश जयपुर जिल्लाका रहेका छन्। उनीहरूले घर नै भाडामा लिएर विभिन्न वेवसाइट तथा एपबाट अनलाइन जुवा खेलाउने गरेका थिए। यसका लागि उनीहरूले ९९ एक्सचेन्ज डटकम र १०० प्यानल डटकम नामक एपहरू प्रयोग गर्ने गरेका थिए। चैत १२ गते साँझ ६ बजे काठमाडौं परिसरको प्रहरी टोलीले उक्त घरमा छापा मारेको थियो।

प्रकाउ पर्नेमा २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित वर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशांत भारद्वाज, २३ वर्षीय आकाश वर्मा, १९ वर्षीय अंकित कुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकाश कुमार छन्।

उनीहरूको साथबाट ३४ वटा विभिन्न कम्पनीको फोन, ५ वटा ल्यापटप, ४० वटा भारतीय सीमकार्ड कार्ड तथा विभिन्न बैंकको एटीएम बरामद गरिएको छ।

प्रतिक्रिया

slot gacor