शिवरात्रीको अवसरमा बुढानीलकण्ठ ९ को प्रशासनिक भवन उद्घाटन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०८१, मंगलवार ०७:०६

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ को प्रशासनिक भवन उद्घाटन हुने भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ मा रहेको गेट कलेजसँगै बनेको उक्त भव्य भवनको उद्घाटन नगरप्रमुख मिठाराम अधिकारीबाट हुने वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले जानकारी दिएकी छन्।

यही फागुन १४ गते, बुधवार शिवरात्रीको दिन बिहान ८:०० बजे हुने समुद्घाटन कार्यक्रममा उपस्थिति  हुन सम्पूर्ण बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ तथा बुढानीलकण्ठवासी सबैलाई वडा कार्यालयले हार्दिक निमन्त्रणा गरेको छ। उक्त दिन हिन्दु धर्म संस्कृति अनुसार पुजा सहितको कार्यक्रम रहने बताइएको छ।

प्रतिक्रिया

slot gacor