बुनपा वडा नं. ६ मा बालबालिकासँग वडा अध्यक्ष तथा जनप्रतिनिधि कार्यक्रम भब्य रुपमा सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०८१, शनिबार १६:१०

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ६  ले  बालबालिकासँग वडा अध्यक्ष तथा जनप्रतिनिधि  कार्यक्रम  सम्पन्न भएको छ।

“बालबालिकाका सवालमा वडा अध्यक्ष संग सवाल जवाफ” भन्ने उदेश्यकाका  साथ माघ १८ गते शुक्रबार  वडा नं. ६ भित्र रहेको जेबी स्कुलको सभाहलमा ११० जना  विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि  वडा अध्यक्ष रबि खड्काको प्रमुख आतिथ्यमा वडा सदस्य मुना महर्जनको सभाअध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य सुनिल महर्जन र वडा सदस्य राजु भण्डारीको उपस्थितिमा जेबी स्कुलको प्रिन्सिपल नारायण रोक्काले स्वागत मन्तब्य  राख्नुभएको  थियो।

कार्यक्रममा  वडा अध्यक्ष रबि खड्कालाइ बालबालिकाले २५ भन्दा बढी प्रश्न गरेका थिए। बुढानीलकण्ठ नगरपालिका वडा नं. ६  ले आज सम्म किन बालमैत्री वडा घोषणा गर्न सक्नुभएन ? आज सम्म वडाले बालबालिकाको लागि के के गर्नुभयो ? नागरिकता लिन के गर्नुपर्ला ? वडाबाट के के काम हुन्छ ? छात्राबृदि पाउन के के गर्नुपछ ? नागरिकता २ वटा लिन किन पाइदैन ? वडा मा गोप्य रुपमा उजुरी गर्न पाइन्छ ? बालबालिकालाई अप्ठेरो परेको बेला वडामा कसलाई सम्पर्क गर्ने ? विकाश निर्माणका काम ,वडाले प्रदान गर्ने सेवा लगाएत बिषयमा बालबालिकाले प्रश्न गरेका थिए ।

विद्यार्थीहरुले राखेका प्रश्नको जवाफ वडा अध्यक्ष सहित वडा जनप्रतिनिधिले समेत बालबालिकाको सवालमा रहेर सम्पूर्ण प्रश्नको उतर वडा अध्यक्ष रबि खड्काले दिनुभएको थियो  । बालबालिकाहरुले लागु औषध प्रयोगको न्यूनीकरण, बाल श्रम निषेध, विपन्न बालबालिकालाई विद्यालय भर्ना तथा पढाई निरन्तरता दिन समस्या रहेको र बालिकाले विद्यालय छोडने गरेको, अभिभावकले बालबालिकाका क्रियाकलापमा ध्यान नदिएको, बालबालिकाको क्षेत्रमा बजेट विनियोजन प्रकृया, बालदिवस, बालिका आत्मरक्षा, बाल मनोपरामर्शका साथै जोखिममा रहेका बालबालिकाको सुरक्षा बारेमा सहजकर्ता तथा पत्रकारले  जिज्ञासा राखेका थिए ।

बालबालिकाका जिज्ञासाको जवाफ दिदै वडा अध्यक्ष रबि खड्काले बजेट निर्माणमा बालबालिकाको सवालमा गम्भीरता पुर्वक योजना तय गरिएको, लागुऔषध, बालविवाह, बालश्रमलाई राज्यले पनि निषेध गरेको बताउँदै छिट्टै  बालमैत्री वडा  बनाउने गरि कार्ययोजना बनाई लागू गरिने बताउनु भएको थियो  ।

वडा सदस्य सुनिल महर्जनले  विद्यालय तथा समुदाय तहमा अभिभावकलाई समेटेर जनचेतनामुलक कार्यक्रम गर्ने, बालिकाको लागि आत्मरक्षा र हिंसा विरुद्धको सचेतना कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य राजु भण्डारीले मोबाइल प्रविधिको गलत प्रयोग र देखासिकीले बालबालिका कुलत, कुसंस्कार र असामाजिक क्रियाकलापमा संलग्न भएको पाइएको उल्लेख गर्दै असल अभिभावकत्वको अभाव रहेको बताएका थिए ।

वडा सदस्य मुना महर्जनको सभाअध्यक्षमा भएको कार्यक्रममा  बालबालिकाको जिज्ञासांको जवाफ दिदै पहिला र अहिलेको सेवासुविधामा आकास पाताल फरक रहेको बताउदै अहिलेको बालबालिकाले सम्पूर्ण सेवा सुबिधा पाएको र तेसलाई सहि सदुपयोग गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

बालबालिकासँग वडा अध्यक्ष तथा जनप्रतिनिधि  कार्यक्रम  ३ घण्टासम्म संचालन भएको थियो भने सहजीकरण शुभम मल्टिमिडियाले गरेको थियो ।

 

प्रतिक्रिया

slot gacor