नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी एशोसिएशनकी कोषाध्यक्ष तथा रग्वी संघकी कोषाध्यक्ष हेमा गुरुङले आज सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया कार्यक्रम राख्नुभएको छ । वीनर एच आर शोलुशन प्रा.लि.की सीईओ समेत रहनु भएकी गुरुङले आफ्नो जन्म दिनको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्नुभएको हो । आज साझ ओरिकल इभेन्ट्स महाराजगंजमा हुने कार्यक्रममा उहाले आफ्ना अनुभवहरु साझा गर्ने बताउनु भएको छ । कार्यक्रममा बैदेशिक रोजगार संग सम्बन्धित उच्च पदस्त व्यक्तित्वहरुको उपस्थिति रहने बताइएको छ ।
प्रतिक्रिया