नेपाल मानव सेवालाइ किवानिज क्लव अफ कान्तिपुरको भाेजन सहित आर्थिक सहयाेग उपलब्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०८१, बिहीबार ०८:१२

काठमाण्डौ। नेपाल मानव सेवा संस्थालाइ किवानिज क्लव अफ कान्तिपुर संस्थाले बालबालिकालाइ भाेजन सहित केहि आर्थिक सहयाेग उपलब्ध गराएकाे छ। संस्थाका अध्यक्ष राजन न्याैपानेले जन्मदिनकाे अवसरमा संस्थाका रहेका बालबालिकालाइ थाेरै भएपनि राहत हाेस् भनेर सहयाेग उपलब्ध गराएकाे बताए।

नेपाल मानव सेवा संस्थामा हाल २१ जना बालबालिका रहेका छन् भने विगत २३ वर्पदेखि हालसम्म १५० भन्दा बढी अनाथ बालबालिकालाइ उद्दार गर्ने र पढाइकाे व्यवस्था गरेकाे छ। मानव सेवा नै,सबै भन्दा ठुलो धर्म हो भन्ने मुल उदेश्यकासाथ सञ्चालिय यस संस्थाले जन्मदिन तथा कुनै विशेष कार्यक्रम र पर्वहरूमा सहयाेगि हातहरूलाइ सहयाेगकाे अपिल समेत गरेकाे छ। किवानिज बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था हो । आगामी दिनमा बालबालिकाका क्षेत्रमा अझ राम्रा र रचनात्मक काम गर्ने राजन न्याैपानेले  प्रतिबद्धता व्यक्त गरे ।

राजन न्याैपाने किवानिज नेपाल मा सन् २०१७ देखी नै आबध्द रहि किवानिज क्लब अफ कान्तिपुर का अध्यक्ष हुदै किवानिज नेपाल डिभिजन ३ दक्षिण को ल्यूटिनेन्ट गभर्नर, किवानिज चिल्ड्रेन फण्ड नेपाल को अध्यक्ष र किवानिज नेपाल डिष्ट्रिक्ट को कोषाध्यक्ष हुनुहुन्छ  भने  अन्य सामाजिक संस्था लायन्स ईन्टरनेशनल ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं निर्वाण को पुर्ब अध्यक्ष श्री रूक्मागंत कटवाल ट्रष्ट र मारवाडी सेवा समिति का आजिबन सदस्य नेपाल ब्लड डोनर्स एसोसियसन का सदस्य तथा नेपाल किसान महासंघ का केन्द्रिय सदस्य एवं नेपाली कांग्रेश नुवाकोटका जिल्ला सदस्य समेत हुनुहुन्छ ।

प्रतिक्रिया

slot gacor