हनिट्रयाप प्रकरण: निलम्बित इन्स्पेक्टर विनु शाही अदालतमा उपस्थित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०८१, आईतवार १४:१६

काठमाडौं। आपराधिक लाभको मुद्दामा मुछिएकी प्रहरी निरीक्षक बिनुकुमारी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन् ।प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।मोरङ निवासी एकजना घरजग्गा कारोबारीलाई ‘हनी ट्रयाप’मा पारेर रकम असुलेको घटनामा शाहीलाई पनि प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।

इन्द्र कुमार राईको जाहेरीले भीमा देवी थापासमेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।

 

प्रतिक्रिया

slot gacor