रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०८१, मंगलवार ११:५५

काठमाडौं।रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा पाँचजना घाइते भएका छन् । स्कार्पियो दुर्घटनामा ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको सनाखत भएको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

slot gacor