नक्कली प्रमाणपत्र लिएको आरोपमा अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८१, शनिबार ०६:३५

काठमाडौं । शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोपमा सिनियर अहेव पदमा कार्यरत दुर्गाप्रसाद भट्टराईबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी गरेको छ।

अख्तियारले गल्याङ नगरपालिका स्याङ्जा अन्तर्गत सिनियर अहेव पदमा रहेका भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।

सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६९१० बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६९१० बमोजिम कैद र जरिवाना हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो।

प्रतिक्रिया

slot gacor