_”गजल”___

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७१, बुधबार ०७:३१
10743635_585828894895811_1410356116_n-प्रकाश ‘पुष्पक’ राई पुमा
तिम्रै नामाम बाच्नेछु, जीउँदो लास भएपनि।
अह ! भुल्नुनै सक्दिन, अन्तिम सास भएपनि।।
सुम्पे सम्पूर्ण जीवन, मलाई कुनै डरछैन।
आफैं चितामा जलेर, शरिर नाश भएपनि।।
माया मारेर भागेनी, प्रयाश गरि जिउँनेछु।
एक्लाे उजाड एकान्त, बस्तीको बास भएपनि।।
मैले आफ्नाेनै सम्झेर, सजाई सके दिलभित्र।
बरु हासेर जीउँछु, पीडाको रास भएपनि।।
बेल्टार बशाहा १ उदयपुर
हाल – मलेसिया

 

प्रतिक्रिया

slot gacor