गोकर्णेश्वर नगर प्रमुखको विशेष पहलमा नि:सन्तान दम्पतीहरूका लागि निशुल्क परामर्श सेवा प्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०८०, मंगलवार ०७:१७

काठमाडौं।  गोकर्णेश्वर नगरपालिका भित्र बसोबास गर्ने निःसन्तान दम्पतिहरुका लागि यहि आउँदो माघ १३ गते शनिवारका दिन वरिष्ठ चिकित्सकहरूद्वारा निशुल्क परामर्श सेवा प्रदान गरिने भएको छ।

गोकर्णेश्वर नगरपालिका भित्रका महिला दिदीबहिनीहरुको माग तथा नगर प्रमुख दिपक रिसालको विशेष पहलमा ह्याम्स हस्पिटल धुम्बाराही उक्त सेवा दिने भएको हो।

ह्याम्स अस्पताल आइ भी एफ केन्द्र धुम्बाराही केन्द्रमा बिहान १० बजे देखि २ बजे सम्म निशुल्क परामर्श सेवा प्रदान गरिने साथसाथै सो सम्बन्धी प्रयोगशाला परीक्षणमा २०% छुट र पाठेघर जाँच ( HSG) मा ५०% बिशेष छुटको समेत ब्यवस्था गरिएको छ।

प्रतिक्रिया