हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुल्यो,पुस १ गतेसम्म आवेदन दिन सकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०८०, बुधबार १२:५५

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले बुधबारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिकी खुला गरेको छ ।

कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । पुस १ गतेसम्म समयसम्म बिक्री नभएपुस ११ गतेसम्म बिक्री खुला रहनेछ ।कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँड गरिसके पछि सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गरेको छ । अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रूपैयाँका दरले बिक्री गर्ने भएको हो ।

प्रतिक्रिया

slot gacor