मध्यरातमा बरामद १४ किलो सुन कसको ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०८०, आईतवार ०७:०५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बिहीबार मध्यरातमा ठूलो परिणाम सुन बरामद गर्‍यो।विमानस्थलबाट भन्सार छली गरेर ल्याएको करिब १४ किलो सुन बिहीबार राति बरामद गरेको हो।

दुबईबाट आएका गोरखाका चन्द्र बहादुर घलेको शरीरबाट भन्सारका अधिकारीले सुन बरामद गरेका हुन्। सुन आउँदैछ भन्ने सूचना पाएर एक हप्तादेखि निगरानी गर्दै आएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए।

सुन आउँदै छ भन्ने सूचना पाएका महानिर्देशक पौडेल आँफू नै राती विमानस्थलमा पुगेका थिए। ‘अवैध रूपमा सुन आउने सुराकी पाएपछि एक हप्तादेखि निगरानी गरेका थियौँ,’ महानिर्देशक पौडेलले भने, ‘धेरै मेहनत पछि सुन समात्न सफल भयौँ।’

आलेले सुन लिएर आएका छन् भन्ने थाहा पाए पछि विमानबाट निस्किँदा देखिनै उनको पिछा गरिएको थियो। बाहिर कालो ज्याकेट, भित्र हाफ सर्ट लगाएका आलेले त्यसभित्र लाम्चो आकारका सुनका डल्ला राख्ने कपडा सिलाएर बिस्कुट आकार सुनका लाम्चा डल्ला त्यहाँ राखेर ल्याएका थिए। बरामद सुन पुनः जोखेर कानुन बमोजिम मुद्दा चलाउने महानिर्देशक पौडेलले बताए।

घलेले बिस्कुट आकारमा सुन ल्याएको भन्सार प्रमुख पाण्डेले बताए । सुन बोकेर ल्याउने चन्द्र घलेसहित सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेका गोरखाका मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको र अनुसन्धान प्रयोजनका लागि हाल थुनामा पठाइएको छ ।

दुबई भन्सारबाट कसरी छिराएर ल्याए भन्ने विषयमा भने आशङ्का उब्जिएको छ। यस अघि गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६१ किलो सुन बरामद भएको थियो।

प्रतिक्रिया

slot gacor