आयोजनामा विभिन्न टोल विकासका महिला समुह संघसंस्था र अन्य सामाजिक व्यक्तित्वहरु र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रशिक्षक उतम पुडासैनी तालिममा सहभागीलाई कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाउने विधि खेर जाने तर नकुहिने खालका प्लाष्टिकजन्य फोहोरबाट पुनः प्रयोग गर्दै धेरै सामान बनाउन सकिने जानकारी गराउनुभएको थियो लाई वातावरणमैत्री बनाउने अभियानलाई वडा नम्बर ४ बाट सञ्चालन गरिएको अध्यक्ष जयराम महतले बताए । वडाका जनता सक्षम हुन् र वडा वातावरणमैत्री होस् भन्ने चाहनाका साथ फोहोर मैला व्यवस्थापन तालिमको आयोजना गरिएको महतको भनाइ रहेको छ ।
तालिममा बाताबरणविद उतम पुडासैनीले प्रशिक्षण दिएका थिए भने उहालाई सहजीकरण सुरज राउतले गर्नुभएको थियो । वडाका सदस्य सहितको उपस्थितिमा अध्यक्ष जयराम महतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम वडा अध्यक्ष जयराम महतको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण बोष्टर मिडियाले गरेको थियो।
फोहोर मैला व्यवस्थापन तालिम तथा सचेतना सम्बन्धि कार्यक्रममा सहभागीहरू


तालिममा बाताबरणविद उतम पुडासैनीले प्रशिक्षण दिदै :
प्रतिक्रिया