सन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या उच्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८०, आईतवार ०५:४३

काठमाडौं। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ।

सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन्। प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ।

विगत दुई वर्षमा यहाँ आत्महत्या गर्नेको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ। तथ्याङ्कले अप्राकृतिक मृत्युमध्ये सन् २०२१ मा आत्महत्या ११औँ प्रमुख कारणमा रहेको त्यस्तै २०२२ को अस्थायी तथ्याङ्कले पनि त्यसैलाई पुष्टि गरेको छ।

प्रतिक्रिया