जनक र निखिताले ल्याए ‘पियार’ (भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०८०, शुक्रबार ०५:३७

काठमाडौं ।  गायक जनक ताम्राकार र गायिका निखिता थापाको युगाल गायनमा रहेको ‘पियार’ बोलको गीतको अफिसिएल म्युजिक भिडियो  सार्वजनिक भएको छ।  प्रेमिल शैलीको  यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा युवतीको सुन्दरता र प्रेमको बयान  गरिएको छ।  म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको मुख्य भूमिका रहेको छ।  भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ।  उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो।  करिव ३ वर्ष अघि यो गीतको आर्टिस्ट भर्सन भिडियो सार्वजनिक भैसकेको छ।  गायक ताम्राकारका यसअघि ‘काफल कमला’, ‘साइब’, ‘लाउँदिन’ ‘साईय्य’ ‘सम्झनाकी खोली’ ‘माया हो’  लगायतका म्युजिक भिडियोहरु दर्शक स्रोता माझ लोकप्रिय छन्। यस गीतको  निर्माण टिमले सबै दर्शक सोर्तालाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक

प्रतिक्रिया

slot gacor