तपाईको कान गन्हाउने र पानी निस्किने समस्या छ ? हड्डी कुहेको पनि हुनसक्छ है

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८०, शुक्रबार १९:२७

कानमा कस्ता रोग लाग्छन्रु समयमै उपचार नगरे कस्ता समस्या आउँछन्रुआजको नागरिक दैनिकमा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ सर्जन डा रवीन्द्र प्रधानांगसँगको कुराकानी छापिएको छ।

कानमा कस्ता रोगहरु लाग्छन्रु
कान पाक्ने, कान नसुन्ने, कानमा आवाज आउने र चक्कर लाग्नेजस्ता रोग लाग्छन्।

कान पाक्नुको कारण के के हुन्रु
कान पाक्नुका धेरै कारण छन्। एउटा एक्विड ओटाइटिस मिडिया ९केही समयदेखि कान पाक्ने० हुन्छ भने अर्को क्रोनिक ओटाइटिस मिडिया ९लामो समयदेखि पाकिरहने० हुन्छ।

क्रोनिक ओटाइटिस मिडिया लामो समय दोहोरिरहन्छ। कान पाक्ने समस्या खास बाहिरको कानमा पिलो, घाउ तथा ढुसी पलाएर र कानको नलीमा मासु पलाएर हुने गर्छ।

यीमध्ये बढी देखिने भनेको एक्विड ओटाइयटिस मिडिया र क्रोनिक ओटाइटिस मिडिया हुन्।

क्रोनिक ओटाइटिस मिडियामा कानको हड्डी कुहिने समस्या हुन्छ।

कानको नजिक मस्तिस्कको भाग हुन्छ। हड्डी कुहनिे रोगको सुरुकै अवस्थामा उपचार भएन भने भित्रभित्रै फैलिएर मस्तिस्क नजिकको हड्डी खिइन्छ। र, मस्तिष्कभित्र संक्रमण हुन्छ।

त्यसपछि मस्तिष्क ज्वरो, ब्रेन एप्सिस तथा इन्सोफ्वाइटिस हुन्छ र मुख बाङ्गिने, कान नसुन्नेजस्ता समस्या आउँछन्। यो रोग नेपालमा बढी देखिएको छ।

यसको कारण के होलारु
मुख्य कारण नेपालको हावापानी हुनुपर्छ। दोस्रो व्यक्तिगत सफाइ, जनघनत्व, सामाजिक व्यवहारआदि कारण हुनसक्छ।

प्रतिक्रिया