एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्ना प्रक्रिया अगाडि नबढाउन काठमाडौं महानगरको परिपत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८०, बिहीबार ०५:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया अगाडि नबढाउन सम्बन्धित विद्यालयहरुलाई परिपत्र गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै ‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालित केही विद्यालयले शैक्षिकसत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको भन्ने उजूरीका सम्बन्धमा यस विभागको ध्यानाकर्षण भएको छ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना सम्बन्धी कुनैपनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ,’ महानगरको परिपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

slot gacor