मेस्सी पीएसजी छोड्दै, शनिबार अन्तिम खेल खेल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८०, शुक्रबार ०५:३६

काठमाडौं। अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट-जर्मेन(पीएसजी) छोड्ने भएका छन्।

उनले यस सिजनको अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्दै छोड्ने तय भएको छ।

पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले पत्रकार सम्मेलनमार्फत मेस्सीले पीएसजी छोड्न लागेको पुष्टि गरेका छन्।

उनले भने, ‘पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्ट फुटविरुद्ध हुनेछ। मैले इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएँ। पार्क डेस प्रिन्सेसमा मेस्सीको यो अन्तिम खेल हुनेछ।’

प्रतिक्रिया

slot gacor