हिसान बागमती प्रदेशको अध्यक्षमा भवानी प्रसाद पौडेल निर्विरोध निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७९, आईतवार १८:५८

काठमाडौं  । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बागमती प्रदेशको अध्यक्षमा भवानी प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा शनिबार  सम्पन्न प्रथम  अधिवेशनले अध्यक्षमा पौडेललाई निर्वाचित गरेको हो। उनी जया मल्टिपल क्याम्पसका प्रमुख हुन्। पौडेल  हिसानको  केन्द्रीय सदस्य  समेत हुन

नवनिर्वाचित अध्यक्ष पौडेलले निजी कलेजहरूको विकासमा ध्यान दिने बताए। अहिले पनि राज्यले निजी शैक्षिक संस्थालाई विभेद् गरेको उनले बताए। उनले राज्यको विभेदकारी नीति अन्त्य गरिनुपर्नेमा जोड दिएका छन्। ‘अहिले सरकारले प्राविधिक विषय अध्ययन गराउन निजी कलेजलाई अनुमति दिएको छैन। त्यस्तो विभेदकारी नीति अन्त्य हुनुपर्छ,’ पौडेलले भने।

हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले दोसल्ला ओढाएर उनलाई सम्मान गरेका हुन्।

प्रतिक्रिया

slot gacor