शेरबहादर ढुङ्गाना
उही काम
बराबर दोहोर्याईरहने
अनि
फरक अनुभुतिको आशा गर्ने ?
काम नगर्ने
फलको आशा गर्ने ?
राजा महाराजले गल्ती गरे
ब्याक रेकर्ड हेरियोस्
ताकी समस्याहरु समाधान हुन्
समस्यै नदोहोर्याइयोस्।।२।।
मुलुकी राजनीतिका लागि कि
तपाईंको हितका लागि
तपाईंलाई भोट दिनेरु
टुँडिखेलमा चिच्याउने,
ठूला कुरा गरेका भरमा
कोट हल्लाका भरमा
भोट दिने हो ? ।।३।।
नागरिक(
भ्रम र उत्तेजनावाट मुक्त हुनुपर्छ
संसारलाई चकित पारेको दुहाईदिने
जादु चटके यहीं छौ,
भएका उद्योग बन्द गर्छौरगराउँछौं
अनि
बेरोजगारीका नारा लाउँछौ।।४।।
बन्न त ससाना प्रयत्नैले ठूलो बन्छ
तर यहाँ
एकैपटक ठूलो हुन सिकाईन्छ
जेका लागि जिम्मेबार हो
त्यसका बारेमा चासो राख्नु परेन
मान्नोस् बिगत साक्षी छ
छ सय एक बेकामेले
देश हित गरेन
Comments are closed.
मेरो सिर्जना तिहारको प्रेरणा बनोस् कल्पनामा धन्यबाद जाऔस् ।