नेपाल टी-२० लिगको मिति नजिकिँदा अर्को विवाद

suman100@gmail.com' suman basnet
१४ मंसिर २०७९, बुधबार १३:५५

नेपाल टी-२० लिग सुरु हुने मिति नजिकिँदै गर्दा प्रतियोगितामा सहभागी टिम काठमाडौं गोर्खाज बाहिरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) स्रोतअनुसार काठमाडौं गोर्खाजले नखेल्ने भन्दै नाम फिर्ता लिएको छ।

कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले नाम फिर्ता लिएपछि क्यान अर्को टिमको खोजीमा जुटेको छ।

पटक पटक सर्दै आएको नेपाल टी-२० लिग आगामी मंसिर २६ गतेदेखि सुरू हुने बताइएको छ।

लिगको पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने तय छ।

प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहदा काठमाडौंले नाम फिर्ता लिएपछि क्यानले प्रतियोगिताको मिति सार्ने विषयमा पनि छलफल गरेको छ। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको व्यवस्थापनमा हुने प्रतियोगिता यसअघि विवादमा परेको थियो।

यसअघि बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई आयोजनाको अधिकार दिएको भन्दै लिग विवादित बनेको थियो।

विवाद बढ्दै जाँदा एभरेस्ट प्रिमियर लिगका संस्थापक अमिर अख्तरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दा विचारधिन अवस्थामा छ।

काठमाडौं गोर्खाजमा ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमद, कमल सिंह ऐरी, अविनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप राजली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी आबद्ध भएका थिए।

प्रतिक्रिया

slot gacor