कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७९, मंगलवार ११:३८

कतारमा आयोजना हुने विश्वकपका लागि ब्राजिलले सोमबार २६ सदस्सीय टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक टिटेले पाँच पटकको कीर्तिमानी च्याम्पियन ब्राजिलको टिम सोमबार राति घोषणा गरेका हुन्।

ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ । नेइमार, गाब्रियल जिजस, भिनिसियस जुनियर, एन्टोनी, राफिन्हा,रिचार्लिसन, गाब्रियल मार्टिनेली, रोड्रिगो, पेड्रो रहेका छन्। त्यस्तै गोलकिपरमा एलिसन, एडर्सन वेभरटोन रहेको छ।डिफेन्डरमा ड्यानिलो, ड्यानी एल्भेस, एलेक्स सान्ड्रो, एलेक्स टेलेस, थिएगो सिल्भा, मार्किन्होस, एडर मिलिटाओ, ब्रेमर रहेको छ भने

मिडफिल्डर स् क्यासिमिरो, फ्याबिन्हो, ब्रुनो गुइमारेज, फ्रेड, लुकास पाक्वेटा र एभर्टन रिबेइरोलाई राखेको छ।

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । ब्राजिलले नोभेम्बर २५ मा सर्बियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

 

 

प्रतिक्रिया

slot gacor