दुई महिनामा नेपालबाट ९१ करोड ६७ लाखको अलैँची निर्यात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०७९, आईतवार ०६:०५

काठमाडौं । नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० मा ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा उक्त मूल्यको अलैँची निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट विदेशतर्फ ११ लाख २५ हजार ९५० किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात भएको सबै अलैँची भारततर्फ निर्यात भएको छ ।

त्यस्तै, यस अवधिमा नेपालबाट ९ करोड ६० लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ। नेपालबाट दुई महिनाको अवधिमा २९ लाख ५९ हजार किलोग्राम अदुवा निर्यात भएको विभागले जनाएको छ।

प्रतिक्रिया

slot gacor