लिङ्देनले दिए सांसदबाट राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७९, सोमबार ०४:२०

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सांसद पदबाट राजीनामा घोषणा गरेका हुन्।

सम्बोधनको क्रममा उनले भने,‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस् ।’ आफूले बाटोबाटै सांसदबाट राजीनामा दिएँ भनेर भन्न नहुने ठानेर नै संसद्को रोष्ट्रममा उभिएर राजीनामा घोषणा गर्न आएको उनको भनाई थियो ।

प्रतिक्रिया

slot gacor