आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८३, सोमबार ०५:४०

काठमाडौं ।  प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो। पक्राउका लागि भक्तपुरका प्रहरी प्रमुख (एसपी) सूर्य खड्काको नेतृत्वमा टोली प्रसाईंको निकोसेरास्थित निवास पुगेको थियो।

प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेका थिए। सोही घोषणापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको उच्च स्रोतले प्रसाईं पक्राउ परेको पुष्टि गरेको छ। उनलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ परेका छन्। गत वर्ष काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनअघि पनि उनी आन्दोलनको नेतृत्वमा थिए। उक्त प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो।

यसअघि जेठ ४ गते पनि प्रहरीले प्रसाईंलाई पर्साको वीरगन्जस्थित एक होटलबाट पक्राउ गरेको थियो। त्यसबेला सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनीमाथि कानुनी प्रक्रिया अघि बढाइएको थियो।

प्रहरीले यसपटक उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे औपचारिक विवरण भने सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

Leave a Reply

slot gacor