डाइटिङ नगरी नै यसरि बन्न सकिन्छ स्लिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७८, शनिबार ०६:३०

शहरी-बासीन्दाहरु अधिकांशको चिन्ताको बिषय हो – अनपेक्षित रुपमा बढेको आफ्नो शरीरको तौल। व्यस्त दैनिकीका कारण खानपीन, प्रशस्त व्यायम, योगामा ध्यान दिन सकिराखेका हुँदैनन तर चुपचाप तौल घटाउने उपाय भने खोजी रहेका हुन्छन्। व्यस्त दैनिकीकाबीच पनि तौल घटाउन चाहनुहुन्छ भने यस्ता छन सरल उपायहरु:

१. चहिनेभन्दा धेरै खानेकुरा एकै पटक नखाने, सबै अन्न खाने तर, कम मात्रामा।
२. मासुको बोसो र छाला हटाएर खाने।
३. खानाअघि केही फलफूल खाने, यसो गर्दा खाना कम खाए पनि पेट भरिएको महसुस हुन्छ।
४. बिहानको ब्रेकफास्ट मजाले खाने तर डिनर हलुका मात्र खाने।
५. सकेसम्म तेल या घिउको मात्रा थोरै प्रयोग गरेको तरकारी खाने।
६. ठूलो प्लेटमा खाना थोरै देखिने भएकाले धेरै लिइन्छ त्यसैले सकेसम्म सानो प्लेट र सानो चम्चा प्रयोग गर्ने।
७. जुस खाँदा धेरै क्यालोरी एकै पटक खाइने हुँदा जुसभन्दा ताजा फलफूल टोकेर खाने।
८. फ्राई गरिएका खानेकुरा, जङ्क फुड तथा चिनीजन्य खानेकुराबाट टाढा रहने।
९. ग्रीन सलादलाई प्राथमिकतामा राख्ने, दैनिक २ देखि ३ लिटर सादा पानी पिउने।
१०. घरमा एक्लै हुँदा होस् या टिभी कसैकसैको खाइराख्ने बानी हुन्छ। त्यस्तो बानी भएकाले दालमोट, भुजिया, कोलड्रिंक्सजस्ता खानेकुरा बढी घरमा ल्याएर नराख्ने। त्यो समयमा चुइगम चपाउने। जसले केही खाइरहने तलतल हटाउँछ।
११. खाना कम गर्दा तौल नबढ्ला तर आपूmले चाहेअनुसार फिगर बनाउन नियमित एक्सरसाइज भने गर्नै पर्छ।

प्रतिक्रिया

slot gacor