गोकर्णेश्वर ४ मा महिला सामुहिक कृषक समुहको आयोजनामा राष्ट्रिय धान दिवस मनाइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७८, बुधबार ०५:२८

काठमाडौं । असार १५ राष्ट्रिय धान दिवस बिबिध कार्यक्रम गरि मनाइएको छ । यस वर्षको राष्ट्रिय धान दिवसको नारा, ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।२०६१ सालदेखि हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन  धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । यस  दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । प्रत्येक बर्ष झैँ यस वर्ष पनि गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा राष्ट्रिय धान दिवस मनाइएको छ।

महिला सामुहिक कृषक समुहको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा संबिधान सभा सदस्य आङ दावा शेर्पा, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, सहकारीकर्मी एबम समाज सेवी न्युहुछे नारायण श्रेष्ठ (मिलन) वडा सदस्य जयराम महत लगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता महिला सामुहिक कृषक समुहकी अध्यक्ष सुर्य माया श्रेष्ठले गरेकी थिइनसंक्षिप्त रुपमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत बिशेष अतिथिहरुले सामुहिक रोपाइँ गर्नुको साथै दहि चिउरा खाएर मनाएका थिए ।

प्रतिक्रिया

slot gacor