काठमाडौं । नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाले ७ बर्ष पुरा गरेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको सातौं वार्षिकोत्सव साथै पर्यटन प्रबर्द्धनमा मिडियाको भूमिका बिषय अन्तर्क्रिया कार्यक्रम नेपाल पर्यटन बोर्डको हलमा भव्यतापूर्वक सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा पुर्बधार राम्रो हुने हो भने पर्यटक प्रचुर मात्रामा आउने र देशले छिट्टै फड्को मार्ने बताउदै अबको ध्यान बिकास पूर्वाधार र पर्यटक बिकासमा हुनुपर्नेमा जोड दिनुभयो। खनालले भन्नुभयो राजनीतिक, शैक्षिक, स्वास्थ्य लगायतका विविध क्षेत्रका जानकारीहरुलाई सूचनामुलक तवरबाट प्रकाशन प्रसारण गरेकोमा बोष्टर मिडियाको खुलेर प्रशंसा गरे । 
कार्यक्रममा बोल्दै खनालले भने केपी शर्मा ओलीको समूहलाई रुखको बोक्राको संज्ञा दिएका छन् । उनले ओली समूहलाई रुखको बोक्राको संज्ञा दिएका हुन् । नेता खनालले पार्टी फुटेको नभई चोटिएको टिप्पणी गरे । ‘रुखका पनि बोक्राहरू निस्कन सक्छन् । रुखका बोक्रा निस्किँदा रुख ढलेको भन्न मिल्छ ? बालुवाटामार भएको भेला रुखको बोक्रा मात्रै हो,’ खनालले भने । पार्टी कसैले फुटाउन नसक्ने खनालको भनाइ थियो ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्वमन्त्री लालबाबु पण्डितले बोष्टर मिडियाले जनपक्षीय खोजमुलक र सामाजिक सूचनामुलक तथा ज्ञानमुलक विषयबस्तुहरुलाई पाठकमाझ लैजान सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । नेपालि राजनीतिलाइ कसैको दबाबमा नपरी यस मिडियाले जे सत्य हो त्यो प्रस्ट अगाडी लेराउन कोसिस गरोस भन्दै सफलताको सुभकामना ब्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि पूर्वमन्त्री राम कुमार श्रेष्ठले बोष्टर मिडियाले अन्य मिडिया भन्दा पृथक काम गर्दै आइरहेको र आगामी दिनमा पनि यस मिडियाले सामाजिक सूचनामुलक तथा ज्ञानमुलक विषयबस्तुहरुलाई पाठकमाझ लैजान सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्रि शेरबहादुर तामांग ,पूर्व सांसद गीता राणा ,प्रदेश सभा सदस्य कल्पना नेपालि गोकर्णेस्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे , नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी ,टानका अध्यक्ष खुम बहादुर सुबेदी ,बोष्टर मिडियाका सल्लाहकार लोक बहादुर टण्डन लगाएतले मिडियाको भूमिका सहित शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । मिडियालाई तथ्यपरक, सूचनामुलक, ज्ञानमुलक बनाउनका लागि पत्रकारीता क्षेत्रको ज्ञान अनुभवको साथै निरन्तरताको खाँचो आवश्यक छ, त्यस बारेमाा बोष्टर मिडिया र यसका सञ्चालक मुकुन्द ढुंगानाले सफलताको पाइला अगाडी बढाइरहेकोमा थप सफलताको शुभकामना समेत कार्यक्रमका बक्ताहरुले गरेका थिए ।






साथै बोष्टर मिडिया सम्मान २०७७ बाट सम्मानित व्यक्तित्वहरु ।













































































प्रतिक्रिया