संविधान दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११  ले झण्डा पार्कमा यसरि फराइयो राष्ट्रिय झण्डा ( फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७७, आईतवार ०५:२५

काठमाण्डौ । संविधान दिवस २०७७ को अवसर पारेर बुढानिलकण्ठ नगरपालिका वडा नं ११  ले जगडोल झण्डा पार्कको झन्डा फेरेको  छ ।

वडा नं ११का वडा अध्यक्ष राजु अधिकारीको उपस्थितमा  झण्डा फेरिएको हो। कार्यक्रममा वडाका सबै जनप्रतिनिधि स्थानीय गरि २०० जनाको उपस्थिति रहेको थियो। काठमाडौको बूढानिकण्ठ नगरपालिका र गोकर्णेश्वोर नगरपालिकाको सिमानामा पर्ने जगडोलमा फहरिएको नेपालको राष्ट्रिय झण्डा। पछिलो समय जगडोल झण्डा पार्क भनेर परिचित हुदै गएको छ ।

तीन वर्ष अघि राष्टिय गानका रचयिता ब्याकुल माइलाको प्रमुख आथित्य तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल सहितको उपस्थितिमा झण्डा पार्क उद्घाटन गरिएको थियो ।  प्रातकालिन तथा सन्ध्याकालीन भ्रमण गर्नेहरुको रोजाईको केन्द्रकाका रुपमा रहेको सो स्थान बाट सुर्यदय र सुर्यास्तको मनोरम दृश्यको साथै काडमाडौं उपत्यकाका अधिकांश स्थानहरु सजिलै नियाल्न सकिन्छ।  उपत्यका बाट नजिक रहेको सो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको छ।

 

प्रतिक्रिया