पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको ठुम्का (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७७, मंगलवार ०५:२१

काठमाडौँ। कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

उनी अभिनित अर्को म्युजिक भिडियो आइतवार गोदावरीमा छायांकन सम्पन्न भएको छ । समाजसेवी तथा गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको गीतमा दयाहाङ र रेबिका गुरुङ फिचर छन्। मिलन चाम्सको निर्देशनमा बनेको भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन्। उक्त गीतमा प्रेमकृष्ण बजगाईको शब्द तथा सांगेत रहेको छ। उक्त गीतको भिडियो बिजया दशमीको अवसरमा सार्वजनिक गरिने निर्देशक चाम्सले बताए।

प्रतिक्रिया

slot gacor