हवाई उडान नहुने, लामो दुरीका सवारी साधन सञ्चालनको म्याद पनि लम्बियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०७७, सोमबार ०५:४०

काठमाडौं । भदौ १ गतेबाट कुनैपनि व्यवसायिक हवाई उडान नहुने भएको छ । कोभिड-१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै हवाई उडान नहुने भएको हो ।

योसँगै सिसिएमसीले यसअघि भाद्र १ गतेबाटै खुल्ला गर्ने भनिएको अन्तरजिल्ला लामा तथा छोटा दुरीका सवारी साधन समेत १५ दिनका लागि पर सार्न भनेको छ । आईतबार बसेको सिसिएमसीको निर्णयले मुलुकमा कोभिड–१९ को संक्रमण र जोखिम झन् बढेको भन्दै यसअघि भएको निर्णयमा पुनर्बिचार गर्दै आन्तरिक तथा बाह्य व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरेको प्रवक्ता महेन्द्र गुरागाईंले रातोपाटीलाई जनाकारी दिए ।

यसअघि गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउनको अन्त्य गर्दै अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन, आन्तरिक तथा बाह्य सबै व्यवसायिक हवाई उडान, विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

slot gacor