साहित्य डबली काठमाण्डौको सुन्ने सुनाउने कार्यक्रमको तेस्रो श्रृङ्गखला सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार १५:४२

काठमाण्डौ /  पछिल्लो समयमा काठमाण्डौमा नियमित सुन्ने सुनाउने साहित्यिक श्रृङ्गखलाको बाढी नै आएको छ । गत शनिबार साहित्य डबली काठमाण्डौको नियमित सुन्ने सुनाउने कार्यक्रमको तेस्रो श्रृङ्गखला पशुपती बहुमुखी क्याम्पस चाबहिलमा सम्पन्न भयो ।dabali photos of..7 (1)

दशैं तिहार को शुभकामना आदान प्रदान सहितको उक्त कार्यक्रमको पहिलो चरणमा मनु आभास, हिमाल घिमिरे, सुदिपराज खरेल, भुवन न्यौपाने, शैलेन्द्र घिमिरे, परिवर्तन पोखरेल, कार्कीभाई जितेन, नवराज सिटौला, सुजन गिरी, ऋतुराज खतिवडा, सुजन राई , देवेन्द्र पाण्डे लगायत तीन दर्जन कवि÷स्रष्टाहरुले आ–आफ्नो सृजना वाचन गरेका थिए । दोश्रो चरणमा नेपाली कविताको फेरिंदो परीवेश, नेपाली कविताको विकासक्रम र अबको नेपाली कविताको बिषयमाथी अन्तरक्रिया भएको थियो । कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबार पशुपति बहुमुखी क्याम्पसमा आयोजना हुन्छ ।

dabali photos of..13साहित्य डबली काठमाण्डौ नेपाली साहित्यमा केहि गर्न चाहाने नयां स्रष्टाहरुको लागी उपयुक्त मञ्च हुनसक्छ, कार्यक्रम संयोजक मनु आभासले बताए । 

प्रतिक्रिया