मधेशीलाई अपमान गरेको आरोपमा एन्फा अध्यक्षलाई कारबाही गर्न माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७७, शनिबार ०५:१९

काठमाडौँ । सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेशीलाई अपमान गरेको भन्दै उनलाई अबिलम्ब निलम्बन गरी कारवाही गर्न माग गरेका छन् ।यादवले अखिल शेर्पाले एक अनलाइनमा अन्तर्वार्ता दिँदा ‘मधेशीलाई राष्ट्रियता आउँदैन सिकाउनु पर्छ, त्यो पनि सेनालाई परिचालन गरेर’ भन्ने अभिव्यक्ति दिएको भन्दै उनलाई निलम्बन गरी कारबाहीको माग गरेका हुन् । बिना तलब, बिना बर्दी १७ सय किलोमिटर सीमाको सुरक्षा गर्ने मधेशीलाई अपमान गर्ने शेर्पालाई कानुनी कटघेरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न उनले सरकारलाई ध्यानाकर्षण गराए ।

प्रतिक्रिया