मन्त्रालयले सोध्यो रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीसँग प्रष्टिकरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७७, बुधबार ०५:२९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीसँग प्रष्टिकरण सोधेको छ।

सोमबार बिहान जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै स्पष्टिकरण सोधेको हो।

कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न मंगलबार पत्र काटिएको छ ।

अन्तरवार्ताका क्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुर, पंगु, अभिनायवादी जस्ता शब्द प्रयोग गरेर कटाक्ष गरेका थिए।

प्रतिक्रिया

slot gacor