नेहा कक्कडको म्यूजिक भिडियोमा नेपाली मोडल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७६, बिहीबार ०५:३७

काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतको म्यूजिक भिडियोमा नेपाली मोडल रिस्ता बस्नेत देखिने भएकी छन्।

नेपाली चलचित्र ‘होस्टेल’बाट नेपाली फिल्ममा प्रवेश गरेकी नायिका रिस्ता भारतीय म्यूजिक भिडिओमा डेब्यू गर्न लागेकी हुन्।

नेहाको गीतमा काम गर्न पाएकोमा निकै खुशी लागेको उनले प्रतिक्रिया दिएकी छन्। रिस्ताले टिकटकबाट चर्चित बनेका मन्जुल कट्टरसँग नेहाको गीतमा अभिनय गर्नेछिन्।

पुनित अवस्थीको संगीत रहेको गीतको भिडिओलाई नेपाली कोरियोग्राफर कमल राईले निर्देशन गर्नेछन्। पुरुषोत्तम प्रधानको छायाँकन तथा बिपिन मल्लको सम्पादन रहने भएको छ।

चलचित्र होस्टेलसँगै लुकामारीमा पनि अभिनय गरेकी उनले थुप्रै म्यूजिकभिडिओमा काम गरिसकेकी छन्।

प्रतिक्रिया

slot gacor