ढकालको डिभोर्स नाटक !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०७६, आईतवार ०५:४१

रामकृष्ण ढकालले श्रीमती निलम शाहसँग डिभोर्स गरेको खबर डढेलोझैँ फैलियो। १७ वर्षसँगै बिताएको यो जोडीको सम्बन्ध विच्छेदको खबर धेरैका लागि पत्याउनै नसकिने खबर थियो। तर, अदालतको कागज नै बोलेपछि नपत्याएर पनि के गर्नु ?

तर, जब डिभोर्सको डिटेल आउन थाल्यो, धेरैको मनमा चिसो पस्यो। कारण, डिभोर्सको निवेदन हालेको भोलिपल्टै अदालतले ढकाल दम्पतीको छुटानाम गराएको थियो। सामान्यतया अदालतले एकचोटि मेलमिलापको मौका दिन्छ। अनि पनि भएन भने डिभोर्स ! यहाँ त अदालत नै डिभोर्स गराइदिन आतुर देखियो।

डिभोर्स थप शंकास्पद तब भयो, जब रामकृष्ण ढकाल श्रीमती निलमको बचाउमा उत्रिए। निलमले सम्पत्ति सकिएपछि ढकाललाई छाडेको स्ट्याटस आउन थालेपछि उनी आफैँ श्रीमतीलाई गाली नगर्न बिन्तिभाउ गर्न आए।

यतिसम्म पनि ठीकै थियो, जब डिभोर्स भएकी श्रीमती र छोरीलाई लिएर ढकाल आशा भोसलेको कन्सर्टमा देखिए, डिभोर्स त नाटक मात्र रहेछ भन्ने स्पष्ट भयो।

प्रतिक्रिया

slot gacor