पर्खाल भित्रबाट डिल्लु निस्कियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०७६, मंगलवार ०९:१७

रुपेश उप्रेती/अमेरिका।  वाहिर होस् या भित्र पर्खाल आखिर पर्खाल हो ।  यसै कुरोको चुरोमा गडेर उत्तर अमेरिकाको सिन्सिनाटी राज्यमा गत साता एउटा गजल किर्ती लोकार्पण भयको छ जस्को नाम हो “पर्खाल भित्र” भुटानको साम्राङ गाउमा जन्मियर जिवनका सपना फुलाउने फलाउने र सजाउने अभिप्सासंगै सिन्सिनाटी पुगेका नेपाली भासी भुटानि गजलकार डिल्लु चम्लागाई द्वारा सिर्जित पर्खाल भित्रलाई पुराना कबी भक्त घिमिरे ज्युको हातबाट एक भब्य समारोह बिचमा सार्वजनिक भयको हो ।  बि स २०६० साल देखी साहित्यमा लेखनि सुरु गरेका डिल्लु चम्लागाईको किर्ती पहिलो भयपनी उपस्थित सयौ साहित्यअनुरागिहरु उनको लेखनिकलाको प्रसङ्सामा कत्ती कन्ज्युस्याई गरेनन बरु खुलेर बोले -“वा क्या बात ”

गतसाता जुलाई २७ मा सार्वजनिक भयको किर्ती पर्खाल भित्रलाई मार्तिभासा सम्रक्षण समुहले प्रकाशन गरेको हो । 

माया प्रेम र सामाजिक चिन्तन संगै राष्ट्रप्रेमको गतिलो मिश्रण अटायको पर्खाल भित्र साहित्यिक पाठकहरुका लागि गतिलो खुराक हुनेमा निस्चित हुँदै डिल्लु चम्लागाई र पर्खाल भित्रको सार्थक सफलताको कामना सहित सम्पूर्ण पाठकबर्गहरुले यो गजल किर्तिको रसास्वादन गर्नका निम्ती अपिल छ । 

पर्खाल भित्र बाट गजल साभार गजल म कहिल्यै मान्छे मान्दिन जोसगँ मन हुदैन जब कि आफ्नै आमाको माया जतन हुदैन तिमी सारा दुनियाँ भुलेर जे-जति कमाउ परिवार भुलेर कमाएको धन, धन हुदैन छोरी पराई भनेर हेला नगरे हुन्छ महाशय त्यही छोरी ननाचेको आँगन आँगन हुदैन सधै नारिको नारा बोकेर निस्कन्छ बाहिर घर फर्कदा आफु कहिले सज्जन हुदैन एउटा चाहना छ आफु बाबु भएपछि अब देखाउँन सकूँ छोरीको आखाँमा रोदन हुदैन ब्याकुल माइला डा.कबी नबराज लम्सील जस्ता अति प्रख्यात ब्यक्तीत्व हरु बाट शुभकामना संगालेको पर्खल तथा डिल्लु लाई शुभकामना दिए। 

प्रतिक्रिया

slot gacor