फेसबुकले ‘लाइभ फिचर’ मा कडाइ गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७६, शुक्रबार ०५:२५

सानफ्रान्सिस्को । सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । न्युजिल्याण्डमा भएको गोलीबारीको घटनाको विषयलाई लिएर फेसबुले लाइभ फिचरमा केही कडाइ गर्ने लागेको हो ।

गत मार्च १५ मा क्राईस्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली हानी ५१ जनालाई मारेको भिडियो फेसबुकमा लाइभ गरेपछि फेसबुकले यस्तो निर्णय आएको हो । फेसुबकले एक विज्ञाप्ति निकाल्दै फेसबुक लाइभमा ‘वान स्ट्राइक पोलिसी’ लगाइने जनाएको छ। जस अनुसार प्रयोगकर्ताहरुले कम्पनीको नियम उलंघन गरे उनीहरुकाे ‘लाइभ फिचर’ केही समयका लागि बन्द गरिनेछ ।फेसबुकले कस्ता कार्यहरु ‘वान स्ट्राइक पोलिसी’मा पर्ने भन्ने बारे उल्लेख नगरेकोरोयटर्सले जनाएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जेसिनथा आर्ड्रनले फेसबुकको यो निर्णयले आतंककारी गतिविधिलाई निरुत्साहित बनाउने बताएकी छन् ।

फेसबुकले न्युजिल्याण्डमा भएको गोलीबारीको घटनासँग सम्बन्धित विश्वभरबाट फेसुकले १५ लाख वटा भिडियो हटाइको जनाएको छ ।

प्रतिक्रिया

slot gacor