सिरियाको अन्तिम स्थान बागुज गाउँमा आक्रमण

ssapana44@gmail.com' jamuna aryal
२७ फाल्गुन २०७५, सोमबार ०९:५२

काठमाडौं – इस्लामिक स्टेट समूहले कब्जा गरेको सिरियाको अन्तिम स्थान बागुज गाउँमा सरकार समर्थित अन्तर्राष्ट्रिय गठबन्धन सेनाले आक्रमण गरेका छन् । विश्लेषकहरुका अनुसार इस्लामिक स्टेट समूहले कब्जा गरेको यो अन्तिम स्थान हो र यहाँको लडाइँ निकै गम्भीर हुनेवाला छ ।

बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरेर धावा बोलेका थिए । यसअघि उनीहरुले घेराबन्दीमा परेका इस्लामिक स्टेटका परिवारका सदस्यहरुलाई बाहिर निस्किने मौका दिनका लागि लडाइँ रोकेका थिए ।

सिरियन डेमोक्रेटिक फोर्सेजका अनुसार उनीहरुलाई इस्लामिक स्टेट (आईएसआईएस) विरुद्धको लडाइँमा लगातार सफलता मिलिरहेको छ ।

सिरियन डेमोक्रेटिक फोर्सेजका एक लडाकु जमान अम्दले बीबीसीसँग भनेका छन्, ‘एक समय यहाँ पनि आईएसआईएसको नियन्त्रण थियो । अहिले हामी क्याम्पको सुरुको स्थानमा छौं र यो निकै ठूलो क्षेत्र हो । अहिले आईएसआईएस सानो घेरामा खुम्चिएको छ । यिनीहरुका लडाकुहरु बागुजको पहाडको तल बसेका छन् । बागुज गाउँको भित्री क्षेत्रमा पहिले आईएसआईएसको नियन्त्रण थियो तर अहिले उनीहरु दिनहुँ पछि हटिरहेका छन् ।’

सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ)का प्रवक्ता मुस्तफा बालीले पनि आफूहरु आईएसआईएस विरुद्धको लडाइँमा सफल हुँदै गइरहेको दाबी गरेका छन् । मुस्तफाले भनेका छन्, ‘इस्लामिक स्टेट र उसका लडाकुहरुलाई ठूलो क्षति पुगेको छ । 

प्रतिक्रिया

slot gacor