वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको ७८ वर्षमा निधन

ssapana44@gmail.com' jamuna aryal
९ फाल्गुन २०७५, बिहीबार ०८:५८

काठमाडौँ – वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको आज दिउँसो ७८ वर्षको निधन भएको छ । 

विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका रेग्मीलाई आज सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उनको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले राससलाई जानकारी दिए । 

चिनी र उच्च रक्तचापबाट पीडित भएपनि खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उनको निधन भएको जानकारी अस्पतालले दिएको उनले बताए । स्व रेग्मीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

slot gacor