वीरगन्ज नाकामा लागु भएकाे नयाँ नियमका विरोधमा स्थानीयले विरोध प्रदर्शन

ssapana44@gmail.com' jamuna aryal
५ पुष २०७५, बिहीबार १४:३८

वीरगन्ज । वीरगन्ज नाका पार गर्दा बुधवारदेखि लागु हुने गरी तोकिएको स्थानसम्म पैदल हिँड्नुपर्ने व्यवस्था लागु गरिएको छ। वीरगन्ज महानगरपालिका १६ मा पर्ने वीरगन्ज भन्सार कार्यालयका शाखा अधिकृत कुमारप्रसाद घिमिरेद्वारा हस्ताक्षर गरिएको मंगलवार जारी सूचनामा पैदल हिँड्नुपर्ने उल्लेख गरि यस्तो व्यवस्था लागु गरिएको हाे।

सूचनाको विरोधमा वीरगन्जका स्थानीयले विरोध प्रदर्शन गरेका छन्। भन्सार क्षेत्रमा स्थानीय युवाले दिउँसो १ बजेदेखि प्रदर्शन सुरु गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। ‘संघीयता लागु भएपछि देश चौतर्फी विकास हुने सबैले आशा गरेका थिए, उल्टाे पो भयो, व्यापारिक नाकालाई एलओसी (लाइन अफ कन्ट्रोल) बनाइदैछ,’ नाकामा विरोध प्रदर्शन गर्न पुगेका संघीय समाजवादी फोरम नेपालका जिल्ला नेता तबेज अहमदले भने, ‘यो मान्य हुँदैन।’ पार्टीका नगर अध्यक्ष इश्वर यादव लगायतकाले नाकामा प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

 

 

slot gacor