ड्राइभर कुकुर जसले ट्याक्टर चलाऊछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७५, बुधबार ०४:१४

कुकुरले घरको हेरचाह गरेर मालिकलाई सघाउने गर्छ। तर, उत्तरी आयरल्यान्डको एउटा कुकुरले खनजोतलगायत गरेर मालिकलाई खेतीपातीमा पनि सघाउने गरेको छ।

काउन्टी डाउन भन्ने क्षेत्रमा बस्ने अल्बर्ट रेडको कुकुर र्‍याम्बोले मालिकलाई खेतीपातीमा सघाउने गरेको छ। ट्र्याक्टर चलाएर खेत जोत्ने, बाली काट्नेलगायत काम यसले गर्छ। कुकुर ड्राइभर बनेको हेर्न टाढाटाढाबाट मानिस त्यहाँ पुग्ने गरेका छन् र अचम्म मान्दै फर्किने गरेका छन्।

‘र्‍याम्बो निकै मेहनती छ,’ रेडले भने, ‘अरू कुकुरले गर्ने काम त गर्छ नै, मानिसले गर्ने काम पनि गर्छ। मेरा काममा सघाउन आफू लालायित छु भन्ने भाव उसले व्यक्त गथ्र्यो। त्यसपछि मैले उसलाई ट्र्याक्टर चलाउन सिकाएँ। उसको कारण खेतीपातीको काम गर्न मलाई धेरै सजिलो भएको छ।’

प्रतिक्रिया

 

 

slot gacor