सन्दीपले दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७५, शुक्रबार ०५:२२

काठमाण्डौ । नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग ९आइपीएल० को आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ।

गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई लगातार दोस्रो वर्ष पनि दिल्लीले टिममा राखेको हो।

आइपीएल ११ को सुरूवाती खेलमा कप्तानी गरेका गौतम गम्भिरसहित ग्लेन म्याक्सवेलजस्ता खेलाडी दिल्लीबाट रिलिज हुँदा सन्दीपसहित ५ विदेशी खेलाडीलाई दिल्लीले टिममै राखेको हो।

दिल्लीले गत संस्करणमा सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा आवद्ध गरेको थियो। सन्दीप आईपिएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका थिए। तर पहिलो सहभागितामै बेजोड प्रदर्शन गरेपछि सन्दीपलाई दिल्लीले रिटेन गरेको हो। दिल्लीले कति पैसा पाउनेछन् भन्नेबारे केही खुलाईएको छैन। दिल्लीले विदेशी खेलाडीका रुपमा कागिसो राबडा, ट्रेन्ट बोल्ट, कोलिन मुन्रो र क्रिस मोरिसलाई रिटेन गरेको छ।

प्रतिक्रिया

slot gacor